दक्षिण एसियामा अमेरिका र चीनबीचको टक्कर देखाउने दुई तस्बिर

नेपाल खबर

काठमाडौँ

भनिन्छ– हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बोल्छ। तर, बुधबार भारत र चीनबाट सार्वजनिक भएका दुई तस्बिरले भने एकै पटक लाखौँ शब्द बोलेका छन्। त्यो पनि बदलिँदो भूराजनीति र क्षेत्रीय परिस्थितिका विषयमा।

पहिलो तस्बिर थियो– चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र अफगानिस्तानको लडाकु समूह तालिबानको वार्ता टोली प्रमुख मुल्ला अब्दुल गनी बरादरबीच भेटवार्ताको। दुई दिने चीन भ्रमणमा रहेको तालिबानी टोलीसँग उत्तरी चीनको तियान्जिन महानगरमा विदेशमन्त्री वाङले भेटवार्ता गरेका थिए।

अर्को तस्बिर थियो– भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले निर्वासनमा रहेका तिब्बती धार्मिक नेता दलाई लामाका प्रतिनिधि ङोदुप दोङचुङसँग गरेको भेटको। त्यसैगरी ब्लिन्केनले नागरिक समाजका प्रतिनिधिहरूले आयोजना गरेको कार्यक्रममा दिल्लीस्थित तिब्बती हाउसका निर्देशक दोर्जी दमदुलसँग भेट गरेका थिए।

 

प्रकाशित मिति: : 2021-07-30 08:43:00

प्रतिकृया दिनुहोस्