चुनावमा एमाले र माओवादी मिल्ने सम्भावना छ : ज्ञवाली (वार्ता)

रातोपाटी

काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमाले एकतावद्ध भइसकेपछि अरु वामपन्थी पार्टीसँग एकता हुने बताएका छन्। एमाले मिलिसकेपछि आगामी चुनावसम्म एमाले र माओवादीका बीचमा एकता हुन सक्ने ज्ञवालीको विश्वास छ।

 प्रस्तुत छ, एमाले नेता ज्ञवालीसँग गरेकाे वार्ताको सम्पादित अंश : 

नेकपा एमालेभित्र जुन अन्तरविरोध देखियो, यसको मूल कारण के हो ?

यो संविधानको रक्षाका लागि गरेको हो। यो लडाइँ, केपी ओलीजीले संविधानमाथि आक्रमण गरेर संसद विघटन गरेको हुनाले यो अन्तरविरोध बढेको हो। होइन भने हामीले एमालेलाई निषेध गर्न खोजेको होइनौं। एमाले हामीले बनाएको पार्टी हो। यो घरमा हाम्रो धेरै रगत–पसिना बगेको छ। यसको हामीलाई माया छ। अब हामी फेरि पनि एकतावद्ध भएर जानुपर्छ। जब उहाँले ढोका बन्द गरिदिनुभयो, त्यसले गर्दा अन्तरविरोध बढेको हो।

 

प्रकाशित मिति: : 2021-07-30 06:30:00

प्रतिकृया दिनुहोस्