अमेरिकामा ८.१ म्याग्नीच्युडको भूकम्प

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ।

स्थानीय समयानुसार दिउँसो २ः१५ बजे सो भूकम्प गएको बताइएको छ। सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्।

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। 

प्रकाशित मिति: : 2021-07-29 15:07:00

प्रतिकृया दिनुहोस्