‘विचारै नमिलेपछि राजेन्द्र महतोसँग ‘डिभोर्स’ भयो’

ओलीजत्तिकै दोषी महन्थ ठाकुरहरु पनि हुनुहुन्छ : मनिष सुमन

रातोपाटी

काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य मनिष सुमन प्रदेश २ का सांसद पनि हुन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी हुँदै महन्थ ठाकुर नेतृत्वको पूर्वराजपा समूहका नेता रहेका मनिष अहिले महन्थ–राजेन्द्रको साथ छाडेर मूल जसपाका आवद्ध भएका छन् । मनिष सुमनले साथ छाडेपछि राजेन्द्र महतोलाई धक्का लागेको छ ।

राजेन्द्र महतो र महन्थ ठाकुरले गल्ती गरेको हुनाले आफूले उहाँहरुको साथ छाडेको सुमन बताउँछन् । उनी भन्छन्, ‘उहाँहरुले गल्ती गर्नुभयो । पुस ५ गते केपी शर्मा ओलीले संसद विघटन गर्दा सिंगो जसपाले त्यसको विरोध गर्यो ।

उहाँहरुले ओलीको विरुद्धमा चर्को चर्को भाषण गर्नुभयो । (दोस्रोचोटि संसद विघटनपछि) ओलीको त्यस्तो अपराधलाई उहाँकै पार्टी (एमाले) का नेताहरुले स्वीकार गर्नुभएन, तर, हाम्रो पार्टीका महन्थ ठाकुरहरुले ओलीले साथ दिनुभयो । योभन्दा अर्को अपराध के हुनसक्छ ?’

जसपा नेता सुमन आफूले आकस्मिक रुपमा कित्ता परिवर्तन गरेको नभएर  वृहत छलफल पश्चात निर्णय लिएको बताउँछन् ।

प्रकाशित मिति: : 2021-07-29 12:30:00

प्रतिकृया दिनुहोस्