प्रदेश प्रमुखमा दोहोरिन चाहन्नथे लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन

File photo
File photo

पुरानाे सरकारले गरेका राजनीतिक नियुक्ति नयाँ सरकार आउने बित्तिकै उल्टाउने प्रवृति त हाम्रोमा छ नै! यसको पछिल्लो उदाहरण हो लुम्बिनी र गण्डकीमा प्रदेश प्रमुखको हेरफेर।

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर प्रधानमन्त्री देउवाकाे सरकारले भर्खरै मात्र लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। नयाँ नियुक्ति अनुसार गण्डकीमा कांँग्रेसका पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख चयन भएका छन्। शेरचन यसअघि गण्डकीका प्रदेश प्रमुख थिए।

पार्टीमा आएको खटपटका बेला बर्खास्तिमा परेका शेरचन पद, प्रतिष्ठाको लोभ नगर्ने सादगी नेताको रुपमा पनि चिनिन्छन्। बर्खास्तिमा परेपछि लुम्बिनी प्रदेश प्रमुख शेरचनले दिएको अभिव्यक्तिको निकै तारिफ पनि गरिएको थियो।

उनै सादगी नेता शेरचन प्रदेश प्रमुखमा दोहोरिने इच्छा नहुदानहुँदै दोहोरिनु परेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अध्यक्षले प्रदेश प्रमुखमा दोहोरिन हप्तादिन अघिदेखि आग्रह गरि रहेका थिए। तर,उनले मानेका थिएनन्। ‘ओलीले तपाईँलाई अपमान गरे तपाईँ जानुपर्छ भनेर पार्टी अध्यक्ष र प्रधानमन्त्री ज्यू ले भनि रहनु भएको थियो। तर,मैले जादिनँ भनें,’ उनले बिएल नेपाली सेवासँग भने।

दुबै नेताको जोडबलपछि गण्डकीकै प्रमुखको रुपमा जान पाउने भए जाने नत्र नजाने शर्त राखे। तर, गण्डकीमै प्रदेश प्रमुखको रुपमा दोहोरिन संविधान बाधक भएपछि उनी लुम्बिनीका प्रदेश प्रमुख बन्न पुगे।

यता,गण्डकीमा प्रदेश प्रमुख सीताकुमारी पौडेल पदमुक्त भएपछि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त भएका छन्। काँग्रेसका पुराना नेता गुरुङ पूराना कस्केली हुन्। पुख्र्यौली थलो कास्कीको ल्वाङ गाउँ भएका गुरुङ र शेरचन छिमेकी पनि हुन्। म्याग्दी पुख्र्यौली थलो भएका शेरचन र पुराना कस्केली गुरुङ ०४८ मा चुनाव पनि लडेका थिए। त्यो बेला अमिक शेरचनले ८ हजार बढी भोट अन्तरले उनलाई चुनावमा हराएका थिए। कांग्रेस नेतृत्वको गण्डकी सरकारमा काँग्रेसी प्रदेश प्रमुख नै नियुक्त भएर आएका छन्।

प्रकाशित मिति: : 2021-07-27 20:05:00

प्रतिकृया दिनुहोस्