नेजाको अध्यक्षमा पत्रकार बिकास राज न्यौपाने निर्वाचित

बिएल संवाददाता

डिसी महानगर

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पत्रकार बिकास राज न्यौपाने निर्वाचित भएका छन्। 
 
नेजाको सातौ अधिवेशन तथा १४ औ साधारण सभाले बिकास राज न्यौपानेलाई २०२१-२०२३ अवधिको लागि निर्वाचित गरेको छ। 

अध्यक्षका लागि बिकास राज न्यौपाने, गोकुल ढकाल, किरण मरहठ्ठा, निदेश अधिकारी, अनुज थापा तथा विष्णुहरी घिमिरे सहित ६ जनाले उम्मेदवारी दिएका थिए। 

उनले ३८ मत प्राप्त गर्दै अध्यक्षमा बिजयी भएका हुन्। 

अन्तिम सम्म सहमति बनाउन प्रयास गरिएता पनि सहमति हुन् नसकेपछि निर्वाचनद्वारा बिकास राज न्यौपाने, गोकुल ढकाल अनुज थापा  निर्वाचित भएका हुन। 

अध्यक्ष पदमा उम्मेदवारी दिने मध्ये सबैभन्दा पहिले निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए। यसै गरि किरण मरहठ्ठा त्यस पछि बिष्णुहरि घिमिरेले अन्तिममा उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदको चुनावी प्रक्रियामा ३ जना मात्र उम्मेदवार बीच प्रतिस्प्रद्धा भएको थियो। 

अन्तिम समयमा पनि अध्यक्षका प्रत्यासीहरू बिकास राज न्यौपाने, गोकुल ढकाल तथा अनुज थापा बीच सहमति गर्नको लागि छलफल र कुराकानी भएको थियो। सहमति नपुगे पछि चुनावमा जानु परेको थियो। 

कोषाध्यक्षमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध निर्वाचित भएका छन। यसैगरी सदस्यहरूमा अनिल अधिकारी, बाबुराम दाहाल, सॅगम बानियाँ तथा ज्ञान शर्मा निर्विरोध निर्वाचित भएका छन्। 

यसैगरी क्षेत्रीय संयोजकहरूमा शिव नेपाल (पश्चिम) बिराज भण्डारी (पश्चिम ), लिला देवी ओझा (डिसी क्षेत्र), गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित (दक्षिण)बाट निर्विरोध निर्वाचित भएका छन्।

जुलाई २५ आइतबारका दिन सम्पन्न भएको निर्वाचनमा उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ बिजयी भएकी छिन उनले ६० मत प्राप्त गरेकी छिन्। 

महासचिवमा सुरज भण्डारीले ४१ मत प्राप्त गरि बिजयी भएका छन्।  निर्वाचन समितिले जारी गरेको मतदाता सूचीमा १४५ जना रहेका थिए। आज सम्पन्न निर्वाचनमा ८१ मत खसेको थियो। 

टेक्सास निवासी पत्रकार न्यौपाने  हिमालय खबरका प्रधान सम्पादक समेत हुन्।

प्रकाशित मिति: : 2021-07-26 06:34:00

प्रतिकृया दिनुहोस्