बिएल संवाददाता
वेस्ट इन्डिजले दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ।आइतबार भएको खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो।
अष्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएर पूरा गर्यो।
वेस्ट इन्डिजलाई जित दिलाउँन निकोलस पुरनले अविजित रहँदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले तथा जसन होल्डरले ५२ रनकाे अर्धशतकीय याेग्दान गरे।
अष्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा एडम जाम्पाको नाममा २ विकेट लिए।
सुरमा ब्याटिङ गरेको अष्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो। जसमा वेस अगरले सर्वाधिक ४१ रन जोडे। म्याथ्यु वेड र एडम जाम्पाले समान ३६ रन जोड्दा मिचेल स्टार्कले १९ रन जाेडे। वेस्ट इन्डिजका अकिल हुसेन र अल्जारी जोशेफले ३/३ विकेट लिए ।
पहिलाे खेलमा अष्ट्रेलिया विजयी भएकाे थियाे। वेष्ट इन्डिजकाे जितसँगै एकदिवसीय सिरिज १–१ काे बराबरी भएकाे छ। दुई टिमबीचको जारी खेल सोमबार सकिने छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया