बिएल संवाददाता
वेस्ट इन्डिजले दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ।आइतबार भएको खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो।
अष्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएर पूरा गर्यो।
वेस्ट इन्डिजलाई जित दिलाउँन निकोलस पुरनले अविजित रहँदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले तथा जसन होल्डरले ५२ रनकाे अर्धशतकीय याेग्दान गरे।
अष्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा एडम जाम्पाको नाममा २ विकेट लिए।
सुरमा ब्याटिङ गरेको अष्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो। जसमा वेस अगरले सर्वाधिक ४१ रन जोडे। म्याथ्यु वेड र एडम जाम्पाले समान ३६ रन जोड्दा मिचेल स्टार्कले १९ रन जाेडे। वेस्ट इन्डिजका अकिल हुसेन र अल्जारी जोशेफले ३/३ विकेट लिए ।
पहिलाे खेलमा अष्ट्रेलिया विजयी भएकाे थियाे। वेष्ट इन्डिजकाे जितसँगै एकदिवसीय सिरिज १–१ काे बराबरी भएकाे छ। दुई टिमबीचको जारी खेल सोमबार सकिने छ।
पूराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया