बिएल संवाददाता
राज कुन्द्राले ‘अश्लिल फिल्म’ निर्माण गरेको आरोपमा पक्राउ परेपछि राजसँगै अभिनेत्री गहना वशिष्ठले प्रतिक्रिया दिएकी छिन्।
भारतीय अनलाइन आज तकसँग गहनाले राज कुन्द्राको विषयमा केही कुराकाे खुलासा समेत गरेकी छिन्। मानिसहरू राज कुन्द्रले बनाएका फिल्महरू ‘पोर्न’ भएकाे बताए पनि कुनै पनि फिल्म पाेर्न नभएकाे उनले बताएकी छिन्।
‘उक्त फिल्महरु धेरै नै बोल्ड र एरोटिक फिल्महरु हुन्। जुन पोर्नको क्याटेगोरीमा आउँदैन। राज कुन्द्राको फिल्मलाई गलत तरिकाले व्याख्या गरिएको छ। म यत्ति भन्छु कि फिल्म नहेरी पोर्न भन्नु गलत हो’ गहनाले भनिन्।
उनले राज कुन्द्रासँग ३ वटा फिल्ममा काम गरेपनि आफूले सहज तरिकाले काम गरेकाे बताएकी छिन्। उनीसँग लामाे समय काम गरे पनि कहिले प्रेसर नदिएकाे, पेपरमा भएकाे कुरा अनुसार काम गरेकाे उनले बताएकी छिन्।
‘जब मैले अभिनेत्रीको रुपमा काम गरेँ। उनले ममाथि कुनै पनि दबाब दिएका थिएनन्। राजले युवतीहरुलाई फोर्स गरे भन्ने कुरा म मान्न तयार छैन।’ गहनाले भनिन्।
गहनामाथि पनि ‘एडल्ट फिल्म’, सामूहिक बलात्कार जस्ता आरोपहरु लागेका थिए। उनी केही महिनाअगाडि मात्रै जेलमा थिइन्। अहिले उनी मुम्बईभन्दा बाहिर भएकाे बताउँदै आएकी छिन्।
राज कुन्द्रा अश्लिल भिडियो 'पोनोग्राफी' बनाउँदै आएको आरोपमा मंगलबार पक्राउ परेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया