सेनाको यातना भोगेका राजापुरका ३२ नागरिक, जो अहिले पनि दुखाइ कम हुने औषधि खान्छन्

शिलापत्र

काठमाडौँ

 कौशल काफ्ले

२ पुस २०६० । बर्दियाको राजापुर गाउँमा तत्कालीन विद्रोही पक्ष माओवादीले सुरक्षाकर्मीलाई 'एम्बुस'मा पार्‍याे । जहाँ केही सुरक्षाकर्मीकाे मृत्यु भयो भने केही घाइते भए । त्यसपछि आवेगमा आएर सुरक्षाकर्मीले गाउँवासीलाई सताउन थाले ।

गाउँलेहरू खेतीपातीमा व्यस्त रहेको समयमा साे घटना भएको थियो । सैनिक टाेलीले गाउँलेका कुरा नसुनेरै मनलाग्दी कुटपिट गर्न थाल्यो । त्याे यातना र दुर्व्यवहारकाे सिकार बने, भोजलाल थारू । सुरक्षाकर्मीकाे कुटाइकै कारण दुई महिनापछि उनको मृत्यु भयो । जमिनदारकाे घरमा कमैया गरेर जीवन चलाएका उनले राज्यको दमनबाट ज्यान गुमाउनुपर्‍याे । 

मर्ने त मरिहाले, बाँचेकाले पनि यत्तिका वर्षसम्म पनि चैनकाे सास फेर्न पाएका छैनन् । कुटाइ खाएको करिब १८ वर्ष पुग्नै लाग्दा पनि राजापुरका गयाप्रसाद चौधरी अझै निको भएका छैनन् । बरु उल्टो बिग्रँदो अवस्थामा छ, उनको स्वास्थ्य । 

प्रकाशित मिति: : 2021-07-24 11:46:00

प्रतिकृया दिनुहोस्