एनआरएनए मध्यपूर्व उप–संयोजकमा मरासिनीको उम्मेदवारी 

गैर–आवसिय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२१-२३) का लागि मध्यपूर्व उप–संयोजकमा बालकृष्ण मरासिनीले उम्मेदवारी घोषणा गरेका छन्।

चौध वर्षदेखि युएईमा कार्यरत मरासिनी युएईको नेपाली समुदायमा परिचित अनुहार हुन्। सन् २००७ मा युएई प्रवेश गरेदेखि नै उनि यहाँ संचालन हुने सामाजिक गतिविधिहरुमा सक्रिय हुँदै आएका छन्। 

सन २००९ मा एनआरएनए युएईको कार्यसमिति सदस्यको रूपमा एनआरएनए अभियानमा जोडिएका मरासिनीले एनआरएनएमा थुप्रै जिम्मेवारीहरु निभाएका छन्। ती जिम्मेवारीहरुबाट प्राप्त शिकाई र अनुभवलाई प्रयोग गर्दै मध्यपूर्वका समग्र नेपाली समुदायको हितका लागि काम गर्न आफुले उम्मेदवारी दिएको मरासिनीले बिएल नेपाली सेवालाई बताए।

स्याङ्जामा जन्मिएका मरासिनीले उम्मेदवारी घोषणा गर्दै आफूले मध्यपूर्व उप–संयोजकको जिम्मेवारी पाए संस्थाको विधि विधानको पालना गर्दै नेपाल र नेपालीको सर्वाङ्गिण हितका लागि ईमान्दारीपुर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सन २०११ देखि २०१३ को अवधिमा सारजाह क्षेत्रीय समितिको अध्यक्ष , २०१३ देखि २०१५ सम्म एनसीसीको प्रवक्ता हुँदै एनसीसी उपाध्यक्षको रूपमा २०१७ देखि २०१९ को कार्यकाल बिताएका मरासिनीले युएईमा क्रियाशिल नेपाली संघसंस्थाहरुलाई समेत सहयोग गर्दै आएका छन्।

उल्लेख्य रूपमा नेपालीहरु कार्यरत रहेको मध्यपूर्वका १० देशमा एनआरएनएका राष्ट्रिय समन्वय समितिहरु क्रियाशिल रहेका छन्। मध्यपूर्व समितिमा यी देशहरु मध्येबाट २ उपसंयोजक र १ संयोजक चयन हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति: : 2021-07-24 06:18:00

प्रतिकृया दिनुहोस्