मन्त्रीको शपथ लिन आउँदा–आउँदै जसलाई अर्कैले उछिन्यो

शिलापत्र

अनुप पौडेल
Breaknlinks
Breaknlinks

गठबन्धन सरकार बनेको ४० दिनपछि गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पायो। कांग्रेस र माओवादीका तीन-तीन सांसदले मन्त्रीको शपथ लिएसँगै मन्त्रिपरिषद्‍ले पूर्णता पाएको हो। 

माओवादीबाट मन्त्री बन्नेको नाम टुंगो लागेर बिहीबार नै सार्वजनिक गरिएको थियो। कांग्रेसबाट मन्त्री बन्नेको नाम भने शपथ हुनु पहिलासम्म गोप्य राखिएको थियो। 

मुख्यमन्त्रीले क्याबिनेटमा कांग्रेसबाट मणिभद्र शर्मा कँडेल, डोवाटे विश्वकर्मा र मेखलाल श्रेष्ठलाई लैजाने निधो गरेका थिए। यी तीनै जना समानुपातिक सांसद मन्त्री हुने बिहीबार नै पक्का थियो। शपथका लागि तयार रहन भनिएको थियो। 

तीन जनामध्ये तनहुँका डोवाटे विश्वकर्माको नाम अन्तिममा काटियो। कास्कीका विन्दुकुमार थापालाई मन्त्री बनाउन पार्टी केन्द्रबाट आएको दबाब मुख्यमन्त्री पोखरेलले थेग्न सकेनन्। 

बिहीबार नै शपथ गराउने मुख्यमन्त्री पोखरेलको योजना थियो। डोवाटे दौरा सुरूवाल लिएर पोखरा आए। माओवादीसँगको वार्ताले रात परेपछि शपथ हुन सकेन। ‘हिजै शपथ खाने भन्ने कुरा थियो। माओवादीसँग मन्त्रालयको कुरा गर्दा राति आठ बज्यो,’ उनले भने, ‘त्यसपछि बेलुका घर आएँ। आज दाउ नभएकाले बिग्रियो।’

प्रकाशित मिति: : 2021-07-23 19:29:00

प्रतिकृया दिनुहोस्