लापरवाही बढ्यो, खोप लगाएका पनि सङ्क्रमित हुन थाले

तेस्रो लहरको जोखिम बढेको निष्कर्ष, अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

रातोपाटी

काठमाडौं

असारको अन्तिम साता मैतिदेवीस्थित पौडेल परिवारमा कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमण देखियो। परिवारमा भएका आमा, बुवा, दुई छोरी र छोरा सबैलाई लक्षणहरू देखियो। पाँच जना परिवारका सदस्य मध्ये बुवा, आमा, एक छोरी र छोराले कोरोनाविरुद्धको खोप लगाएका थिए। बुवा, आमाले कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुवै मात्रा लगाएका थिए भने छोराछोरीले भेरोसेल खोप लगाएका थिए। तर, बुटवलदेखि माइतीमा आएकी जेठी छोरीले भने खोप लगाएकी थिइनन्।

सबैलाई एक दिनको फरकमा हल्का ज्वरो आउने, शरीर आलस्य भएको उनीहरूले महसुस गरे। तर, कोरोनाविरुद्धको खोप लगाएकाले उनीहरूलाई कोभिडतिर उनीहरूको ध्यान नै गएनन्। जेठी छोरीलाई परिवारका अन्य सदस्यलाई भन्दाबढी गाह्रो भएपछि उपचार गर्दा मात्र कोभिड सङ्क्रमण भएको पत्ता लाग्यो। जेठी छोरीलाई कोरोना पुष्टि हुँदा अन्य चार जना घरका सदस्यलाई देखिएको सामान्य लक्षण निको भइसकेको थियो। तर, शंकाका आधारमा  चारै जनाले पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ देखियो। 

यस्तै झम्सिखेलस्थित एकै परिवारका सबै ६ जना सदस्यहरूमा कोरोना पोजेटिभ देखिएको छ। कोरोना सङ्क्रमित हुनेमध्ये एक जना सदस्य बाहेक सबैले कोरोनाविरुद्धको खोप लगाएको थिए। कोरोना पोजेटिभ देखिएका सबैलाई सामान्य खालको लक्षण देखिएको छ। 

प्रकाशित मिति: : 2021-07-23 15:15:00

प्रतिकृया दिनुहोस्