हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै वीरगञ्जमा पूर्वप्रधानमन्त्री भट्टराईको पुत्ला दहन 

विश्व हिन्दु परिषद नेपालले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको वीरगञ्जमा पुतला दहन गरेको छ। सनातन धर्मविरुद्ध अभिव्यक्ति दिएको भन्दै परिषदले डा. बाबुराम भट्टराईको पुतला दहन गरेको हो।

जसपाका संघिय परिषदका अध्यक्ष समेत रहेका भट्टराईविरुद्ध वीरगन्जमा नाराबाजीसहित जुलुस प्रर्दशन गर्दै उनको पुत्ला जलाएका हुन्। भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध अर्पण गरी पुजापाठ गरीरहेको तस्बिरलाई भट्टराईले आफनो सोसल एकाउन्ट ट्विटरमार्फत शेयर गर्दै हिन्दु धर्ममाथि टिप्पणी गरेका थिए।

उनले गरेको टिप्पणीको चौतर्फी रुपमा हिन्दुवादी संघसंगठनहरुले विरोध गर्दै प्रर्दशन गरेको हुन्। त्यसकै क्रममा विश्व हिन्दु परिषद नेपालले पनि वीरगन्जमा भट्टराईविरुद्ध प्रर्दशन गर्दै उनको पुत्ला जलाएर कडा विरोध जनाएका हुन्।

वीरगञ्जको माइस्थान चोकमा भेला भएका हिन्दु युवाहरुले भट्टराई विरुद्ध चर्को नाराबाजी गर्दै जुलुस प्रर्दशन गरेका हुन्। विरोध प्रदर्शनमा हिन्दु युवाहरुले बाबुराम भट्टराई मुर्दाबाद, हिन्दुधर्मलाई अपमान गर्न पाइँदैन, भट्टराईलाई कडा कारवाही गर्नुपर्नेलगायतको चर्को नारा बाजी गरेका थिए।

भट्टराईको पुत्लासहित निकालिएको विरोध जुलुस नगरपरिक्रममा पश्चात घण्टाघर चोकमा पुगेर प्रहरीको कडा सुरक्षाका बिच उनको पुत्ला दहन गर्दै चर्को आलोचना समेत गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै परिषदका वीरगञ्ज महानगर उपाध्यक्ष कृष्णमोहन सहायले पौराणिक कालदेखि चल्दै आएको हाम्रो सनातन धर्मविरुद्ध बारम्बार आक्रमण गरी हिन्दुहरुको आस्थासंग खेलवाड गरेको भन्दै घोर विरोध जनाउँदै हिन्दुको आस्थासंग खेलवाड गर्नेविरुद्ध अब प्रतिकारमा उत्रिने चेतावनी दिए।

भट्टराईलाई चेतावनी दिँदै उनले भने, 'तपाईंलाई हाम्रो रितिरिवाज बारे जानकारी छैन भने आउनुस् म तपाईंलाई हिन्दुधर्मको रितिरिवाजबारे ज्ञान सिकाउँछु, तर हाम्रो हिन्दुआस्थामाथि प्रहार गर्न खोज्यो भने हामी हनुमान भएर तपाईंको छाती चिरेर त्यसको जवाफ दिने छौँ।'

अल्पसंख्यकको राजनितिक गरेर चर्चा कमाउन बहुसंख्यकको अपमान गर्ने राजनिति विगत केहि बर्षदेखि कथित जन आन्दोलन पछि यस्तोबिकृति बढ्दै गएको छ।

बाबुराम भट्टराईको यो पहिलो घट्ना होइन उनले विगतमा पनि हिन्दु धर्म संस्कृतिलाई अपमानित हुने खालको अभिव्यक्ति दिँदै आएको उनीहरुको गुनासो रहेको छ।

उनले हिन्दु धर्म संस्कृतिलाई समाप्त पार्नको लागि विदेशी एजेन्डा लिएर नेपालमा उनीहरुकै लागि राजनितिक गर्ने पछिल्लो समयमा हिन्दुआस्था माथि प्रहार गरेर आफनो राजनितिक चम्काउने कार्य विगतदेखि नै गर्दै आएका हिन्दु अगुवाहरुको बताएका छन्।

प्रकाशित मिति: : 2021-07-22 21:23:00

प्रतिकृया दिनुहोस्