मिटरब्याजी उप्रेतीका कारण ‘भूमिगत’ भए मुडे-चरिकोट सडकका ठेकेदार, अर्कैलाई दिइयो ठेक्का

२०-२२ करोडका चेक हातहातै बोक्ने उप्रेतीको आपराधिक ‘कनेक्सन’, पर्शुरामलाई दुई वटा गाडी सित्तैमा

सेतोपाटी

काठमाडौं

सिन्धुपाल्चोकको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ३० किलोमिटर बाटो अहिलेसम्म पिच भइसकेको हुनुपर्थ्यो।

दुई लेन सडक विस्तार गरेर पिच गर्ने योजनाअनुसार सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाले ७९ करोड रुपैयाँमा पाँच वर्षअघि ठेक्का लगाएको थियो।

भारतीय एक्जिम बैंकको ऋण सहयोगमा यो सडक निर्माण थालिएको थियो। सडक निर्माणका लागि भारतीय ठेकेदार कम्पनी सकिलहेइदर, नेपाली शंकरमाली र सुनौलो निर्माण सेवा छानिएका थिए।

यी तीनैको ‘ज्वाइन्ट भेञ्चर’ ठेक्काको मुख्य ठेकेदार कम्पनी काठमाडौंको शंकरमाली र त्यसका सञ्चालक दीपक सापकोटा थिए।

आयोजनाले यो सडक पूरा गर्न चार पटकसम्म म्याद थपेर ठेकेदारलाई काममा लगाएको थियो। अन्तिम म्याद गत असार २४ गते सकिँदै थियो।

भर्खर बाटो पिच गर्न थाल्दै गरेका सापकोटा गत फागुन महिनाबाट ‘भूमिगत’ भए। उनी ‘भूमिगत’ नभएको भए असारसम्ममा तीस किलोमिटर बाटो पिच भइसक्थ्यो।

‘दुई-तीन महिनामा काम सकिने थियो, तर अचानक ठेकेदार भूमिगत भए, हाम्रो सम्पर्कमा आएनन्,’ आयोजनाका डिभिजनल इञ्जिनियर दीप बाराही भन्छन्।

प्रकाशित मिति: : 2021-07-22 13:25:00

प्रतिकृया दिनुहोस्