दाङको बंगलाचुली गाउँपालिका–२ खाराकी ३१ वर्षीया कुमारी नेपालीलाई निद्रा परेन।
दुई छोरा र एउटी छोरीले बेलुकाको खाना खाएर एक छिन स्कूलको होमवर्क गरे । त्यसपछि मस्त निद्रामा परे ।
यहाँ गुजारा चल्नै नसक्ने भएपछि उनका श्रीमान साउदी अरबमा छन् ।
निद्रा नपरेपछि उनले विगत सम्झिन थालिन् । विगतकै सम्झनामा डुबुल्की लगाइरहिन्।
कुमारीले सम्झिइन्, युद्ध लड्दाका सहकर्मीहरूलाई । आफूजस्तै पीडा भोगेकाहरूलाई । उनीहरूसँगको भेट र त्यसक्रममा भएका संवादहरूलाई पनि याद गरिन्–
माओवादी नेताहरू, जो अहिले ऐश्वर्यभोगमा चुर्लुम्म डुबेका छन्, तिनैले हिजो हामीलाई मीठा सपना देखाए । आदर्श छाँटे।
एक हिसाबले भन्दा हाम्रो ब्रेन वाश नै गर्न सफल भए। होला भनी पत्याएर म माओवादी बनें। लडाकु बनें।
कपिलवस्तुमा भएको भिडन्तमा गोली लाग्दा मेरो बायाँ आँखा गुम्यो।