सनीराज शाक्य
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बुधबार देश तथा विदेशका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा ‘बकर इद’ मनाउने धार्मिक विधि रहिआएको छ।
इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ। आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्।
नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने प्रचलन छ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलमा मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने भएपनि यो वर्ष भने कोरोना महामारीका कारण मस्जिदमा गइ नमाज पढ्न सराेकारवाला निकायले नै राेकेका छन्।
कोरोना भाइरस सङ्क्रमणकाे त्राशले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन्।
प्रायशः भीडभाड हुने जमलमास्थित जामे मस्जिद, काश्मीरी मस्जिद सुनसान छन्।

गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया