सनीराज शाक्य
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बुधबार देश तथा विदेशका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा ‘बकर इद’ मनाउने धार्मिक विधि रहिआएको छ।
इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ। आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्।
नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने प्रचलन छ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलमा मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने भएपनि यो वर्ष भने कोरोना महामारीका कारण मस्जिदमा गइ नमाज पढ्न सराेकारवाला निकायले नै राेकेका छन्।
कोरोना भाइरस सङ्क्रमणकाे त्राशले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन्।
प्रायशः भीडभाड हुने जमलमास्थित जामे मस्जिद, काश्मीरी मस्जिद सुनसान छन्।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया