कोरोना चुनौतीबीच हुँदै टोकियो ओलम्पिक, अधुरै रहने भयो प्रतियोगिता भव्य बनाउने योजना

पहिलोपोष्ट

काठमाडौँ

टोकियो ओलम्पिक यसअघिका ओलम्पिक भन्दा फरक हुनेछ। कोरोना भाइरस महामारीका कारण ओलम्पिक हेर्न पुग्ने खेल पर्यटक यसपटक प्रतिबन्धित छन्। जितपछिको सेलिब्रेसनको माहोल पहिला जस्तो हुने छैन। यस्ता कयौ कुराहरु छन् जुन पहिलो पटक ओलम्पिककै इतिहासमा 'एक्पेरिमेन्ट' हुन गइरहेको छ।

ओलम्पिकको सुरुवातमै उद्घाटन समारोहबाट अनुमान सुरु हुन्छ कुन स्तरमा प्रतियोगिता हुँदैछ भनेर। यसअघिका उद्घाटन भव्य बनाउने आयोजक राष्ट्रबिच प्रतिस्पर्धा देखिन्थ्यो।

रियो, लण्डन र बेइजिङ ओलम्पिकमा त्यस्तै माहोल देखिएको थियो। जापानले पनि ती राष्ट्रभन्दा भव्य 'ओपनिङ' गराउने योजना बनाएको थियो। ६ लाख विदेशी पर्यटक भित्र्याउने योजना जापानले बनाएको थियो। तर प्रतियोगिता चाहिँ दर्शकविहीन रंगशालामा गराउन जापान बाध्य भएको छ।

प्रकाशित मिति: : 2021-07-20 15:01:00

प्रतिकृया दिनुहोस्