कांग्रेस महाधिवेशन : ‘अभिभावक’ नहुँदा मनपरी !

दाङ । राष्ट्रिय राजनीतिमै प्रभावशाली दाङका दुई नेता खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाँ लामो समय एउटै समूहमा रहे पनि अन्ततः नेपाली कांग्रेसभित्रको राजनीतिक ‘धार’ फरक बन्न पुग्यो ।

जिल्लामा आफ्नो एकल प्रभाव कायम गर्न खोजेका उनीहरु एकार्काका विपरीत जस्तै बन्न पुगे । जिल्लामा खड्काको समूह अलगै थियो भने मजगैयाँको अलगै बन्यो ।

आ-आफ्नो समूह निर्माण गररेर कांग्रेसको राजनीतिमा सक्रिय उनीहरु समग्रमा सबै जिल्लाका कांग्रेसीहरुको अभिभावकजस्तै थिए । उनीहरु दुवैजनालाई जिल्लाका हरेक कांग्रेसीले अभिभावकीय भूमिकामा हेरेका थिए ।

उनै ‘अभिभावक’मध्येका एक खड्काको देहान्त भइसक्यो । मजगैयाँ पनि सक्रिय राजनीतिबाट टाढा भइसकेका छन् ।

खड्काको निधन र मजगैयाँको राजनीतिक निष्क्रियताले दाङ कांग्रेसको राजनीतिमा लामो समयदेखिको अभिभावकत्व गुमेको छ । त्यो भूमिका पूरा गर्न सक्ने अरु नेता जिल्लामा देखिएका छैनन् ।

अभिभावकविहीनताको अवस्थामा रहेको कांग्रेसभित्र अहिले व्यक्तिवादी राजनीति हाबी हुँदै गएको स्वयं नेताहरु बताउँछन् । फलतः पार्टीको आसन्न १४औँ महाधिवेशनको जिल्ला नेतृत्व चयनमा कांग्रेसलाई सकस पर्ने जानकारहरु औँल्याउँछन् ।

प्रकाशित मिति: : 2021-07-20 10:42:00

प्रतिकृया दिनुहोस्