सनीराज शाक्य
आज पहिलो साउने सोमबार। हिन्दुहरुको धार्मिकस्थल पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ।
कोरोना माहामारीका कारण पशुपतिनाथ मन्दिर बन्द गरिए पनि भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको छ। भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन्।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ। भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ।
साउन महिनाको सोमबार उनै भगवन शिवका पूजाआजा गर्ने, व्रत बस्ने तथा नदी, ताल, तलाउमा स्नान गर्ने प्रचलन गरहेको छ।
साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय चलन रहेको छ।


















‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया