बिएल संवाददाता
जुम्लामा बडादशैंको फूलपातीका दिन आयोजना हुँदै आएको परम्परागत घोडा दौड प्रतियोगिता यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । पछिल्लो समय गुठीचौर गाउँपालिकाको पर्यटकीय स्थल गोठीचौरमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता यस वर्ष ‘संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न गरिएको हो ।
कर्णाली खेलकुद क्लबको आयोजना तथा गुठीचौर युवा क्लबको सह–आयोजनामा नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । यस वर्षको महोत्सवको मुख्य आकर्षणका रूपमा पहिलो पटक महिला घोडा दौड प्रतियोगिता समेत समावेश गरिएको थियो । महिलाहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितामा ८ जना महिला खेलाडीहरूले प्रतिस्पर्धामा भाग लिएका थिए ।
महिला घोडा दौड प्रतियोगितातर्फ गुठीचौर गाउँपालिका–१ की धनलक्ष्मी ऐडी प्रथम भएकी छन् । यस्तै गुठीचौर गाउँपालिका–२ की सपना बोहोरा द्वितीय, शर्मिला बोहोरा तृतीय र पविता बोहोरा चौथो भएका छन् । त्यसैगरी पुरुष घोडा दौडतर्फ ३४ जना खेलाडी सहभागी भएका थिए । जसमा गुठीचौर गाउँपालिका–१ का ईश्वर ऐडी प्रथम, गुठीचौर–२ का शंकर रोकाया द्वितीय, गुठीचौर–१ का अमृत बुढा तृतीय, गुठीचौर–१ का प्रेम बोहोरा चौथो र गुठीचौर–१ कै निशाब रोकाया पाँचौँ स्थान हासिल गर्न सफल भए ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः रु. १५,०००, रु. १०,०००, रु. ५,०००, रु. २,००० र रु. २,००० नगद पुरस्कारसहित मेडल प्रदान गरिएको कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोजकुमार शाहीले बताए ।
गुठीचौर गाउँपालिका अध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ प्रशिक्षक तथा कर्णाली खेलकुद क्लबका संरक्षक हरिबहादुर रोकाया र वडाध्यक्ष दीपबहादुर ऐडी लगायतको विशेष आतिथ्य रहेको थियो ।
‘जुम्ला जिल्लामा पहिलो पटक आयोजित महिला घोडा दौड प्रतियोगितामा भाग लिने अवसर पाइयो । ८ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रथम स्थान हासिल हुँदा निकै खुसी लागेको छ । १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाउँदा थप उत्साह मिलेको छ । महिलाले पनि आँट र साहस गरे केही कुरा असम्भव हुँदैन भन्ने आत्मविश्वास बढेको छ,’ प्रथम भएकी धनलक्ष्मी ऐडीले बताइन् ।
आयोजकका अनुसार यस किसिमका प्रतियोगिताले परम्परागत संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्नुका साथै जुम्ली घोडाको पहिचान स्थापित गर्न, स्थानीय पर्यटन प्रवद्र्धन गर्न र समुदायको सांस्कृतिक एकता बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य र सहभागिता जनाउने गुठीचौर गाउँपालिका, गुठीचौर युवा क्लब, सम्पूर्ण खेलाडी, सहयोगी, स्वयंसेवक तथा स्थानीयवासीहरूलाई कर्णाली खेलकुद क्लबले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया