१८०१ जना कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जना गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा १ हजार ६६७ जना सङ्क्रमण मुक्त भएका छन्। यस्तै हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३२ हजार ७४ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-18 17:38:00

प्रतिकृया दिनुहोस्