पेरिसडाँडामा मन्त्री छान्न परेको सकस

रातोपाटी

काठमाडौँ

चिनियाँ नेता माओले एउटा प्रसङ्गमा भनेका थिए– पल्टनियाँहरू आइसक्दा पनि खाना–दाना तयार भएन भने त्यहाँ भद्रगोल हुन्छ।’ असार २९ गते पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा झन्डै त्यस्तै भयो।

असार २९ गतेकै दिन काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए। उसै दिन सानो आकार मन्त्रिमण्डल गठन गर्नैपर्ने बाध्यता थियो। यसका लागि माओवादीले तत्कालै शपथ खाने मन्त्रीहरूको टुङ्गो लगाउनुपर्ने स्थिति थियो र त्यसैका लागि पेरिसडाँडामा स्थायी कमिटीको बैठक डाकिएको थियो।

पाँच दलीय गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्रले मन्त्रीहरू छान्न बोलाएको बैठकमा पार्टीले कति वटा र कुन–कुन मन्त्रालय पाउने भन्ने नै टुङ्गो थिएन। आफ्नो भागमा परेको मन्त्रालयको पहिचान नै नभएपछि बैठकबाट मन्त्रीहरूको टुङ्गो लाग्ने कुरै भएन।

प्रकाशित मिति: : 2021-07-16 08:09:00

प्रतिकृया दिनुहोस्