बालकृष्ण खाणबारे पत्नी मञ्जुलाई १०१ प्रश्न

कांग्रेस नेता बालकृष्ण खाण सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् । नेविसंघको सभापति, नेपाल तरुण दलको अध्यक्ष हुँदै उनी पार्टीको नेतृत्व तहमा पुगेका हुन् । खाणका बानी र स्वभावबारे पत्नी मञ्जुलाई खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :

१. तपाईंहरूको पहिलो भेट कहाँ भएको हो ?
०४९ सालतिर होजस्तो लाग्छ, अनेरास्ववियुले के विरोध कार्यक्रम थियो, नेविसंघका कार्यकर्तालाई ढुंगा हानिरहेका थिए । विश्वज्योति हलअगाडि झडपजस्तो भएको थियो । ढुंगाबाट जोगिन लुक्ने क्रममा हाम्रो चिनजान भएको थियो ।

२. बिहे कति सालमा गर्नुभयो ?
०५१ साल वैशाख ११ गते ।

३. प्रेम विवाह कि मागी विवाह ?
प्रेम विवाह हो ।

४. प्रेमप्रस्ताव कसले पहिला राख्नुभयो ?
उहाँले गर्नुभयो नि । 

५. के भन्नुभएको थियो ?
बेरेको एउटा पत्रिका दिँदै ‘मञ्जुजी पत्रिका हेर्नुस् त एउटा राम्रो समाचार छ’ भन्नुभयो । पत्रिकाभित्र गुलाफको फूल राखिएको थियो । 

६. अनि, तपाईंले के भन्नुभयो त ?
केही भनिनँ । सुरुमा त मजाक गर्नुभएको होला भन्ने लाग्यो । पछि उहाँको कुराकानी, हाउभाउबाट साँच्चिकै हो भन्ने थाहा भयो । मैले मौन समर्थनजस्तो जनाएँ । 

७. डेटिङ कत्तिको गर्नुहुन्थ्यो ?
कहाँको डेटिङ हुनु नि ? त्यस्तै,  पार्टीका, संगठनका कार्यक्रममा भेट हुन्थ्यो । 

८. कसैले थाहा पाउला भन्ने डर कत्तिको लाग्थ्यो ?
सबै भएको भीडभाडमा भेट हुन्थ्यो, केको डर मान्नु नि ।

९. बिहान कति बजे उठ्नुहुन्छ ?
सामान्यतया उहाँ उठ्ने पाँच बजे हो । कहिलेकाहीँ राति सुत्न ढिला भएका वेला भने ६–साढे ६ बजे उठ्नुहुन्छ ।

१०. चिया–कफी के रुचाउनुहुन्छ ?
ग्रिन टी खानुहुन्छ । दूध हालेको चिया त्यति खानुहुन्न ।

प्रकाशित मिति: : 2021-07-15 08:51:00

प्रतिकृया दिनुहोस्