देउवाको कार्यकालमा सुल्झिएला त निर्मला हत्याकान्ड ?

कञ्चनपुरका एसपी भन्छन्– अनुसन्धानमै छौँ

बाह्रखरी

काठमाडौं

पछिल्ला तीन वर्षमा प्रहरीले दर्जनौँ अपराधका घटनाको सफलतापूर्वक अनुसन्धान गर्‍यो । तर, प्रहरीका दर्जनौँ सफल अनुसन्धानका बीच निर्मला हत्याकान्डको अनुसन्धान सधैँ टाउको दुखाइ बनिरह्यो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । सो घटनाका अभियुक्तको पहिचान अझै हुनसकेको छैन् । निर्मला हत्याकान्ड प्रहरी वृत्तमा मात्रै होइन, राजनीतिक वृत्तमा पनि चर्चामै छ ।

यसबीचमा दर्जनौँपटक कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले निर्मला हत्याकान्डबारे संसद्देखि सडकसम्म प्रश्न उठाए । कांग्रेसका सबैजसो नेता र सांसदले निर्मलाका हत्यारा बालुवाटारभित्रै रहेको आरोपसमेत लगाउँदै आएका थिए ।

तीन वर्ष पुग्नै लाग्दा पनि निर्मलाका हत्याराको पहिचान गर्न प्रहरी असफल रह्यो । संयोगले निर्मला हत्याकान्ड नसुल्झिएकै समयमा देउवा प्रधानमन्त्री बनेका छन् । उनकै पार्टीका नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् ।

प्रकाशित मिति: : 2021-07-14 12:55:00

प्रतिकृया दिनुहोस्