'ब्रोकरलाई गाली गर्छौं, समस्या ब्रोकरमा होइन, सिस्टममा छ'

शिलापत्र

काठमाडाैं

 सम्झना घिमिरे

हिजोआज शेयर किनबेचमा लगानीकर्ताले थुप्रै गुनासाे गरेकाे सुनिन्छ । जस्ताे कि, ब्रोकरले शेयर बेचेको महिना दिनसम्म पनि पैसा भुक्तान नगरेकाे, शेयर किने पनि खातामा शेयर नै नहालिदिएकाे  ।  

अझ सामाजिक सञ्जालमा त ब्रोकरलाई तथानाम गाली गर्दै समस्या सुनाउनेहरूको कमी हुँदैन । यसरी ब्रोकरबाट सेवा चुस्त दुरुस्त रूपमा पाउन नसकेको गुनोसोको चाङ लागिरहँदा धितोपत्र बोर्ड नयाँ ब्रोकर थप्ने कार्यमा अगाडि बढिरहेको छ । यही परिवेशलाई समेट्दै आज हामीले लगानीकर्ताको गुनासो, ब्रोकरका समस्या र त्यसको समाधान ब्रोकरबाटै लिने प्रयास गरेका छौँ । प्रस्तुत छ, सोही विषयमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीसँग गरिएको अन्तर्वार्ता:

लगानीकर्ताको आक्रोश किन यति बर्सिरहेको छ तपाईंहरूमाथि ?  

लकडाउन सुरु भएसँगै लगानीकर्ता थप रुष्ट बनेको देखिएको छ । यो हामी आफैँले अनुभव गरेको कुरा हो । यो समय लगानीकर्ता पनि ह्वात्तै थपिए । कारोबार पनि धेरै भयो कि यसले गर्दा व्यवस्थापनमै समस्या भयो । निषेधाज्ञाको सुरुमा तीन जना स्टाफ राखेर मात्रै काम गर्ने निर्देशन आयो, जसले गर्दा ब्रोकरले सहज रूपमा कामै गर्न सकेनन् । त्यसैको उपज पनि हो । यद्यपि यो एक महिनाअघि नै समाधान भइसकेको छ । अहिले धेरै हदसम्म यस्ता गुनासो कम भइसकेका छन् । 

गाली गर्नेहरूको एउटै गुनासो हुन्छ– शेयर किने पनि छिट्टै खातामा आएन भन्ने ? किन ढिलो भइरहेको छ ? 

सामान्यतया राफसाफ दिउँसो १२ देखि १ बजेसम्म मात्र हुन्छ । तर, अहिलेको विषम परिस्थितिमा अलिक ढिलै भएको हो । कहिले ३  देखि ५ बजेसम्म हुन्छ । राफसाफ भइसकेपछि नेप्सेले ७ः३० बजेतिर आफ्नो प्रणालीको इन्ड अफ द डे सुरु गर्छ । त्यो समयमा हामीले सम्पूर्ण खरिद  कारोबारमध्ये ज–जसले शेयर बेचेका छन्, तिनको नगद भुक्तानी र किन्नेहरूलाई शेयर हस्तान्तरण गर्नुपर्ने हुन्छ । त्यसका लागि हरेक दिन भएको कारोबारलाई एक/एक गरेर आफ्नो प्रणालीमा हेर्नुपर्छ । भुक्तानी तथा हस्तान्तरण गर्न हाम्रो प्रणालीसहित सीडीएससीको प्रणाली पनि उसै गरी हेर्नुपर्छ । यसले समय लिन्छ । योसँगै हामीले प्रयोग गर्ने प्रणाली र सीडीएससीको प्रणालीको अन्तरआवद्धता नहुँदा समस्या आएको छ । 

प्रकाशित मिति: : 2021-07-13 13:01:00

प्रतिकृया दिनुहोस्