हिटलर, इन्दिरा अनि अरिंगालहरू 

Breaknlinks
Breaknlinks

केपी शर्मा ओलीले हार मान्नेवाला छैनन्। निरंकुश दम्भी शासकले आफ्नै धरातल भासिँदा पनि हार मान्दैनन्। रुसी सेनाले बर्लिनलाई चारैतिरबाट घेरीसक्दा पनि बंकरमा लुकेर बसिरहेका नाजी शासक हिटलर आफ्ना सैनिक अधिकारीलाई भन्दै थिए, ‘हवाई आक्रमण गरेर सारा रुसीसेनालाई माटोमा मिलाऊ।’

जर्मनीका सैनिक अधिकारीले भने, ‘हेल हिटलर, हाम्रा सबै लडाकु विमान रित्तिए, हामीसँग त्यति फोर्स छैन, जसबाट रुसी सेनासँग लड्न सकौं।’

हिटलर तिल्मिलाए अनि भने, ‘तिमीहरु सबै नालायक, सौखीन र कमजोर सेना हौँ, लडन नसक्ने नमर्दहरु, मेरो आदेश छ, रुसीसेनामाथि जाइलाग। बर्लिनका सारा जनतालाई युद्ध मैदानमा उतार।’

हाऽहाऽहा। कस्तो भद्दा मजाक। अन्ततः जब रुसी बमले बर्लिन हल्लियो र हिटलरकै बंकरमा कम्पन हुन थाल्यो, त्यसै दिन विवाह गरेकी प्रेमिका इभासँगै उनले आत्महत्या गरे।

दम्भी शासकहरु हार मान्दैनन्। अतः ओलीले पनि पलभरमै केही न केही बितन्डा मच्चाएरै यो सँविधान ध्वंश पार्ने चलेखल गर्न सक्छन्। उनको नियत या शक्ति केन्द्रको आदेश यस्तै गोचर हुन्छ। अतः उनका हरेक कुकर्मप्रति सजग र सावधान रहौं। जीतको जोशमा होस नगुमाऔं। प्रतिगामी भाइसले रूप बदलेर पनि हमला गर्नसक्छ।

इन्दिरा गान्धीको उदाहरण लिऊँ। जब भारतमा हाई कोर्टले गान्धीको सांसद पद अवैधानिक ठहर गरिदियो, उनले नैतिकताका आधारमा राजीनामा दिइनन्। बरु छोरा सञ्जय गान्धीको उक्साहटमा लागिन्। समाजवादी नेता जयप्रकाश नारायण र काँग्रेसकै बागी नेता मुरारजी देशाईले इन्दिराविरुद्ध दिल्लीमा विशाल प्रदर्शन गरे ।

त्यसबाट आत्तिएकी इन्दिराले आपतकाल (सँकटकाल) लगाइन् र सारा विपक्षीनेता, कार्यकतालाई जेलमा कोचिन्। उनको यो अवैधानिक हर्कतलाई तात्कालीन राष्ट्रपतिले तत्काल सदर गरिदिए, ठिक विद्याले झैं। प्रम र राष्ट्रपतिको मिलेमतोमा भारतीय लोकतन्त्रको हुर्मत लिइयो।

मिडियामाथि अँकुश लगाइयो। मिडियाका अफीसमा सेन्सरको कैंचैचलाउन सुरक्षा अधिकारी नै खटिए, ज्ञानेन्द्रको शासनमा झैं। नस्लबन्दी लागू गरेर पुरुषहरुलाई जर्बजस्ती बन्ध्याकरण गराइयो।

गरीबका झुपडीहरु भत्काइयो र त्यहाँ कर्पोरेट टावरहरु बनाइयो। सञ्जय गान्धीको मारुती कार बनाउन विदेशी पूँजीवादी दलाल भित्र्याइयो र त्यसका लागि राज्यसत्ताको भरपुर दुरुपयोग गरियो।

अन्ततः इन्दिराको समाजवादी रागवाला सङ्कटकाल धेरै टिकेन। अर्को चुनावमा काँग्रेसले धुलो चाट्यो।

भारतीय जनताको चेतना र अपार दबाबका कारण त्यहाँको लोकतन्त्र फर्कियो। भारत अहिले भर्खर आजाद भारतको तहमा विकसीतहुँदैछ। तमाम कमजोरीका विच पनि भारतको लोकतन्त्र अहिले आफ्नो नैसर्गिक फ्रेममा छ। यो सुखद् हो तर नेपालको लोकतन्त्र अझै पनि ब्यूह रचनाभित्र जेलिएकै छ।

अतः सर्वोच्चको आजको फैसलाको रक्षार्थ पनि सजग र सावधान होऊँ। हिटलर, इन्दिरा र ओली प्रवृत्तिविरुद्ध लोकतन्त्रको झण्डा फहराऊँ।

सरकार गठनको संविधानको धारा ७६ र संसद विघटनको धाराको आन्द्राभूडीँ सबै बाहिरै छताछुल्ल हुनेगरी सर्वोच्च अदालतले संविधानको व्याख्या गरिदिएको छ। जति ईशारा गर्दा जति आदेश गर्दा पनि अटेरा दादागिरी गरिरहन रूचाउने प्रधानमन्त्री र 'हस् हजुर!' भन्दै ल्याप्चे लगाउनु नै संविधानको कर्तव्य पूरा गरेको भन्ठान्ने राष्ट्रपति भइदिँदा अदालतले तीन हात अघिसरेर राजनीति पढाउन बाध्य हुन पर्‍यो ।

नेताहरूलाई शासन गर्न सविधान र कानुनको ज्ञान जिरो हुँदोरहेछ भनेर अदालतले 'कपुरी क खरायो ख' पढादियो।

प्रकाशित मिति: : 2021-07-14 21:16:00

प्रतिकृया दिनुहोस्