भारतले कतार र कुवेतबाट ल्यायाे स्वास्थ्य सामाग्री

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : indiatoday.in
Photo : indiatoday.in

कोरोना भाइरस माहामारीको समयमा भारतले नौसैन्य जहाजद्धारा कतार र कुवेतबाट स्वास्थ्य सामाग्री आयात गरेको छ।

भारतले नौसैन्य जहाजमार्फत् अक्सिजन सिलिण्डर, तरल मेडिकल अक्सिजन, १५ वटा अक्सिजन कन्सन्ट्रेटर जस्ता स्वास्थ्य सामाग्री कतार र कुवेतबाट आयात गरेको छ।

शर्दुल नौसैन्य जहाजमार्फत सात हजार छ सय चालिस वटा भरिएको ग्यास सिलिण्डर, एक्काईस मेट्रिक टन तरल मेडिकल अक्सिजनको दुई आइएस्ओ कन्टेनर र पन्ध्र वटा अक्सिजन कन्सन्ट्रेटर कतार र कुवेतबाट मुम्बई बन्दरगाहमा ल्याईएको हो।

शर्दुल नौसैन्य विमान खाडी मुलुकहरुबाट तरल मेडिकल अक्सिजन ढुवानीकै लागि परिचालित गरिएको छ।

कोरोना भाइरस माहामारि बिरुद्ध भारतीय नौसेनाले परिचालन गरेको अपरेसन समुद्र सेतु दुई अभियानअन्तर्गत पछिल्लो समय कुवेत र कतारबाट स्वास्थ्य सामाग्री ढुवानी गरेको हो।

कोरोना भाइरस माहामारीको समयमा यो अभियानअन्तर्गत भारतीय नौसेनाले फ्रन्टलाइन युद्धपोतहरुलाई स्वास्थ्य सामाग्रीहरु ढुवानीका लागि परिचालन गरेको छ।

प्रकाशित मिति: : 2021-07-13 10:06:00

प्रतिकृया दिनुहोस्