पाकिस्तानः आतंकवादीको आक्रमणमा एक सैनिकको मृत्यु

बिएल संवाददाता

बलोचिस्तान
Photo : aninews.in
Photo : aninews.in

पाकिस्तानको बलोचिस्तान प्रान्तमा आतंकवादी हमलामा परि 'फ्रन्टिअर कोर्प बलोचिस्तान'का एक सैनिकको ज्यान गएकाे छ। 

बलोचिस्तानको होशब जिल्लामा आतंकवादी लडाकुको आक्रमणमा फ्रन्टिअर कोर्प बलोचिस्तानमा कार्यरत सेना किफायत उल्लाहकाे ज्यान गएकाे हाे।

आक्रमकारी आतंकवादीमाथि सेनाले कारबाही जारी राखेको छ। गत साता पनि बलोचिस्तानको सिबि क्षेत्रमा गस्तीमा रहेका सेनामाथि आतंकवादी लडाकुहरुले हमला गर्दा पाँच सैनिकहरुको ज्यान गएको थियो।

पाकिस्तानको अफ्गानिस्तान र इरानसँगको सीमाक्षेत्र सुरक्षाका लागि बलोचिस्तान र खेबर पख्तुन्ख्वा प्रान्तहरुमा फ्रन्टिअर कोर्प बलोचिस्तान सेना खटाईएको छ।

पाकिस्तानमा यो बर्ष २०२१ को पहिलो चार महिनामा मात्रै विभिन्न हिंसात्मक घटनाहरुमा परि करिब दुई सय जनाले ज्यान गुमाएका छन्। ती मध्ये ७० प्रतिशत ज्यान गुमाएकाहरु खेबर पख्तुन्ख्वा र बलोचिस्तान प्रान्तका रहेका छन्। 

प्रकाशित मिति: : 2021-07-13 09:31:00

प्रतिकृया दिनुहोस्