सर्वोच्च अदालतकाे फैसलाले संसदीय व्यवस्थामाथि गम्भीर आघात: शकंर पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात भएको बताएका छन्। सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।  

सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उनले स्टाटस लेख्दै त्यसो बताएका हुन्। 

उनले लेखेका छन्, ‘सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’



Photo - Reuters

संसद् बसेको दुई दिनभित्र देउवाले प्रतिनिधिसभामा विश्वासको मत सिद्ध गर्नुपर्ने

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधि सभा बैठक बसेको दुई दिनभित्र विश्वासको मत लिन आग्रह गरेको छ।

प्रतिनिधिसभा बैठक पनि साउन ३ गते बस्ने गरी तोकेकोले देउवाले साउन ५ गतेभित्र संसद्बाट विश्वासको मत सिद्ध गर्नुपर्ने भएको हो। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश गरेको हो।

प्रकाशित मिति: : 2021-07-12 14:05:00

प्रतिकृया दिनुहोस्