केरा मात्र होइन बोक्रा पनि उपयोगी!

cookist.com
cookist.com

अधिकाश जसा मानिसका लागि मनपर्ने फल हो, केरा। मानिसले केरा त खान्छन् तर त्यसको बोक्रा भने फ्याल्दिने गर्छन्। तर त्यसो गर्नु राम्रो होइन। किनभने केराको बोक्रा पनि निकै उपयोगी हुन सक्छ। यसले छालाको समस्याबाट छुटकारा पाउन मद्दत गर्न का साथै पिम्पलको समस्यालाई पनि हटाउन मदत गर्दछ। 

प्रयोग गर्ने तरिका :
पहिले आफ्नो अनुहार सफा गरेर गर्नुहोस् र पुछ्नुहोस्। केराको बोक्राले १० मिनेट अनुहार मसाज गर्नुहोस्। त्यसपछि २० मिनेटपछि अनुहार धुनुहोस्। 

केराको बोक्राले कसरी काम गर्छ ?
केराको बोक्राले छालामा फ्याटी एसिड र एन्टिअक्सिडेन्टलाई स्वस्थ बनाउन बढाउँछ। यसले अनुहारको रातो धब्बालाई कम गर्छ। साथै थप पिम्पल आउनबाट पनि रोक्छ।

यसमा एन्टिअक्सिडेन्ट र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। जसले छालाको लोच बढाउन मद्दत गर्नुका साथै चाउरी कम गर्न मद्दत गर्छ।

प्रकाशित मिति: : 2021-07-11 13:36:00

प्रतिकृया दिनुहोस्