कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ।
आज (आइतबार) बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोल अन्तरले हराउदै अर्जेन्टिनाले उपाधि जितेको हो।
अर्जेन्टिनालाई जित दिलाउन खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले निर्णायक गोल गरे।
यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो भने ब्राजिलले पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो।
अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो। पछिल्लो पटक अर्जेन्टिनाले सन् १९९३ मा कोपाको उपाधि जितेको थियो।