'तपाईंलाई पर्खिराखेको मान्छेको मन नदुखाइदिनुस्, प्लिज'

पहिलोपोष्ट

काठमाडौँ

स्वेच्छा राउत

२०६७ कार्तिक ३० गते, मंगलवार बिहान। चाबहिल पुग्नु अघिसम्म रसु शाक्य सिङ्गो थिइन्। सबेरैको खाली सडकमा जोरपाटीबाट सररर… स्कुटरमा आइरहँदा उनमा कलेज पुग्ने हतारो बाहेक कुनै चिन्ता थिएन। तर, टेलिफोन कार्यालयको ठ्याक्कै अगाडि उनलाई ट्रकले ठक्कर दियो। अस्पताल पुर्‍याउँदा रसुको शरीर स्ट्रेचरमा थियो। देब्रे खुट्टा चाहिँ झोलामा!

शरीर नै छाडेको खुट्टा जोड्न मिलेन। त्यतिमात्र होइन, उनको दाहिने खुट्टा पनि काटेर फाल्नुपर्ने भयो। त्यतिबेला भर्खर १७ वर्षकी थिइन्, उनी। स्कुटर किनेको १० महिना भएको थियो। दुर्घटनापछि सायदै समयको हिसाब गरिन्, उनले। किनकि बाँच्नु ठूलो कुरा रहेछ।

अहिले त रसुको भोगाइ सन्देश बनेको छ - सडकमा हिँड्ने हरेकका लागि।

केही समयअघि बग्गीखानामा लेन अनुशासनको कक्षा चलिरहेको थियो। भित्तामा प्रोजेक्टरमार्फत् केही दृश्य चलिरहेका थिए। सडक अनुशासनको आवश्यकताबारे बोलिरहेका थिए प्रहरी नायब निरीक्षक हरिशरण पौडेल। उनले रसुको दुर्घटनालाई पनि उदाहरणको रुपमा पेश गरे, तस्विरसहित। एकाएक कक्षा लिइरहेको भिडमा कोही सुँक्सुकाउन थाल्यो। आँशु पुछिरहेकी ती महिलालाई थुम्थुमाउँदै थिए, सँगै बसेका एक पुरुष।

प्रकाशित मिति: : 2021-07-08 11:37:00

प्रतिकृया दिनुहोस्