कर्णालीमा अपराधका घटना बढ्दो : महिला हिंसा उकालो चढ्दै, ‘घरमा बसौँ, वातावरण छैन, अन्त जाने ठाउँ छैन’

पहिलोपोष्ट

सुर्खेत 

पी बी खड्का

असार १ गते बिहान साढे पाँच बजेतिर सल्यानको एक गाउँपालिकास्थित एक महिलाको घाँटी थिचि हत्या भयो। अभियुक्तको पहिचान हुन नसक्दा घटना कसले र किन गरायो भन्ने विषय अझै अनुसन्धानकै क्रममा छ।

त्यस्तै, गत साउनको दोस्रो साता दैलेख नारायण नगरपालिका घर भएकी एक महिला सुर्खेत वीरेन्द्रनगरस्थित सामुदायिक जंगलमा मृत अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले फेला पार्‍यो। जबरजस्ती करणी पश्चात मारेर फालेको ठहर गर्दै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार थुनामा पठायो। बाँकी फैसला भने अझै हुन बाँकी छ।

यी घटना कर्णालीमा भइरहेका प्रतिनिधिमूलक मात्रै हुन्। तथ्यांक केलाउने हो भने कर्णालीमा पछिल्लो समय हिंसाका घटनासमेत बढ्न थालेको छ। वर्षौदेखि कयौं घटनाका पीडित न्यायको पर्खाइमा छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा एक हजार पाँच सय १४ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७७/०७८को असार १५ सम्म एक हजार पाँच सय ५४ मुद्दा दर्ता भएका छन्।

२०७५/०७६ देखि ०७७/०७८ तीन आर्थिक वर्षमा चार हजार सात सय ८८ अपराधसँग सम्बन्धित मुद्दाहरु प्रहरीकोमा दर्ता भएका छन्। जसमा ज्यानसम्बन्धी एक हजार २०, आत्महत्या आठ सय ७३, चोरी दुई सय सात, संगठित तथा आर्थिक अपराधसम्बन्धी चार सय २० घटना भएको छ।

प्रकाशित मिति: : 2021-07-07 10:52:00

प्रतिकृया दिनुहोस्