अक्सिजन सिलिण्डर हुम्ला पुग्यो

फाइल तस्वीर
फाइल तस्वीर

स्वास्थ्य सेवा कार्यालय हुम्लाको आर्थिक लगानीमा जिल्ला बाहिरबाट करीब रु ४० लाख मूल्यबराबरको अक्सिजन सिलिण्डर हुम्लामा आइपुगेको छ।

गत जेठ अन्तिममा स्वास्थ्य सेवा कार्यालयले कोभिड-१९ लाई मध्यनजर गर्दै जिल्लामा १२० वटा अक्सिजन सिलिण्डर खरीद गरेको जनाएको छ।

जिल्लामा उपलब्ध भएका सिलिण्डरहरु सातवटै गाउँपालिकाका स्वास्थ्य शाखालाई पठाएर कार्य सञ्चालन गरिरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए।

उनका अनुसार काठमाडौँदेखि हुम्लासम्म सो सिलिण्डर आइपुग्दा ढुवानीमा करीब रु तीन लाख  र खरीदमा करीब रु ३७ लाख खर्च भएको छ। ती सिलिण्डर ल्याउन हवाइजहाजले बोक्न नमानेपछि पैदल मार्गबाट ढुवानी गरिएको थियो।रासस

प्रकाशित मिति: : 2021-07-06 20:19:00

प्रतिकृया दिनुहोस्