एमाले किचलो समाधानका लागि मध्यमार्गी प्रस्ताव, ४ महिना लामो विवादको लाग्ला त टुंगो?

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि मध्यमार्गी सहमतिको प्रयास थालिएको छ। प्रतिनिधि सभा विघटन  र त्यसविरुद्धको हस्ताक्षर दुवै फिर्ता लिनुपर्ने अडानबाट मध्यमार्गी सहमतिको लागि वार्ता थालिएको हो। अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र विघटनविरुद्ध सर्वोच्च अदालतमा गरिएको एमालेका २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालले विघटनको निर्णय फिर्ता लिनुपर्ने माग राखेका थिए।

दुबै समूहका अडानलाई राजनीतिक निर्णय मान्दै बिचबाट सहमति जुटाउने पहल भएको हो।

एमालको सोमवारको कार्यदलको बैठकमा औपचारिक रुपमा सहमतिको खाका नबने पनि यसअघि अनौपचारिक रुपमा भएको सहमतिको मस्यौदाका बारेमा छलफल भयको थियो। नेपाल-खनाल समूहबाट कार्यदलका संयोजक रहेका एमाले उपाध्यक्ष भीम रावलले अनौपचारिक रुपमा भएका पहलबारे छलफल भएको जानकारी दिए। 'हामी विवादका विषयमा औपचारिक रुपमा प्रवेश त गरेका छैनौ तर यसअघि भएका अनौपचारिक रुपमा सहमतिका लागि भएका प्रयासबारे छलफल गरेका छौ,' उनले भने।

यस्तै, कार्यदलका सदस्य गोकर्ण विष्टले पनि सहमतिका लागि छलफल भएको बताए। उनले विभिन्न प्रस्तावमाथि छलफल भए पनि ठोस निर्णयमा नपुगेको बताए। भने,'हामीले सहमतिका लागि छलफल नगरेका होइनौ। यसअघि अनौपचारिक रुपमा भएका वार्तबारे रिपोर्टीङ गर्ने काम भएको छ।'

प्रकाशित मिति: : 2021-07-06 11:29:00

प्रतिकृया दिनुहोस्