माथिल्लो तामाकोशीः तीन संकट झेलेको ‘गेम चेन्जर’ आयोजना

नेपाल खबर

काठमाडौँ

दीपक भट्ट

 

देशमा ठूला–ठूला महत्वाकांक्षी आयोजनाको शिलान्यास हुने तर समयमै सम्पन्न नहुने खराब प्रवृत्ति छिचोल्दै राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन हुँदै छ। 

दोलखाको बिगु–१ लामाबगरमा निर्माण गरिएको यो आयोजनाको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको १० वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नलागेका हुन्। 

आज अपराह्न ४ बजे ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ। २०६७ सालमा मुख्य सिभिल निर्माणकार्य सुरु गरिएको आयोजनाको २०६८ जेठ ४ गते शिलान्यास भएको थियो।  

तीन संकट झेलेको आयोजना 
शिलान्यासदेखि उद्घाटनसम्म आइपुग्न यो आयोजनाले अनेक समस्या झेल्यो। सोही कारण २०७२ असारमै सम्पन्न गर्ने योजना त्यसको ६ वर्षपछि मात्रै अर्थात् ०७८ असारमा पूरा भएको हो। 

माथिल्लो तामाकोशीले निर्माणसम्पन्न हुन अनेक अवरोधको सामना गर्नुपर्यो। २०७२ को भूकम्प हुँदै भारतको अघोषित नाकाबन्दीसम्मले यसको निर्माणकार्यमा बाधा पुर्यायो। 

झन् ०७७ को कोरोना महामारीले यसलाई पर धकेल्ने काम गर्यो। ढिलै भए पनि अहिले यो आयोजना विद्युत् उत्पादन गर्ने अवस्थामा आइपुगेको छ। 

राष्ट्रिय गौरवका २४ मध्ये पूरा हुने यो मेलम्ची खानेपानी आयोजनापछि दोस्रो आयोजना हो। 

प्रकाशित मिति: : 2021-07-05 15:55:00

प्रतिकृया दिनुहोस्