कलासँग डराएको सत्ता : पोस्टरपम्लेट छोड्दै, कलात्मक चित्र मेट्दै

शिलापत्र

काठमाडौँ

  कौशल काफ्ले

 

कोरोना महामारीका कारण धेरै जना घरैमा थुनिएको समयमा स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अग्रपङ्क्तिमा खटिनुपर्ने पेशा व्यवसायमा संलग्न भएकाहरूभने कोरोनाविरुद्धको लडाइँमा मैदानमा थिए र छन् ।

पहिलो लहरको महामारीमा त हाम्रा स्वास्थ्यकर्मीसँग, मास्क, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) समेत थिएन । अक्सिजन र बेडको हाहाकार भइरहँदा स्वास्थ्यकर्मीले आफू बस्ने, बेञ्च तथा कुर्सीमासमेत संक्रमित राखेर उपचार गरे । दिनरात, भोक तिर्खा नभनी युद्धस्तरमा महामारीको सामना गरे ।

तिनै 'फ्रन्टलाइनर'को सम्मानमा चित्रकार दुजाङ शेर्पाले राजधानीको रत्नपार्क स्थित आकाशे पुलको भित्तामा एक चित्र बनाए । महामारीको समयमा खुल्लामञ्चमा भोकाहरूलाई मनकारीले भात खुवाउँदा लाज भयो भन्ने काठमाडौं महानगरले त्यो चित्र मेट्यो ।

फ्रन्टलाइनरलाई दिन्छु भनेर कबोल गरेको भत्ता दिन नसक्ने सरकारलाई कलाकारले आफ्नो तहबाट उनीहरूको सम्मानमा बनाएको चित्र पनि असह्य भयो ।

कोरोनाले संसार थलिँदा फ्रन्टलाइनरका नाममा यसरी सडकका भित्तामा चित्र यहाँ मात्र कोरिएनन् । केन्या, फ्रान्स, इन्डोनेसिया, सेनेगल लगायतका धेरै देशमा महामारीका दौरान कलाकारले सडक र सडकका भित्तामा यस्ता चित्र बनाए । सेनेगलका मेयरले त चित्र बनाएर धेरै मानिसम्म कोरोना महामारीको सन्देश पुर्‍याएको भन्दै कलाकारको सम्मान नै गरे ।

प्रकाशित मिति: : 2021-07-05 11:18:00

प्रतिकृया दिनुहोस्