‘ओली ज्ञानेन्द्रपथमै जानुभयो, काँग्रेस–कम्युनिस्ट गठबन्धन अहिलेको आवश्यकता हो’

रातोपाटी

काठमाडौँ

नेकपा एमालेको माधव नेपाल पक्ष र नेकपा माओवादीकेन्द्रसमेतले नेपाली काँग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाएपछि यसबारे राजनीतिक बहस जारी छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले विपक्षी मोर्चाप्रति आक्रोश पोख्दै भने, ‘विपक्षी मोर्चा कसका विरुद्ध बनेको होबताइदिनोस् त साथीहरू । यो विपक्षी मोर्चा कोभिड विरुद्धलड्नलाई बनाएका हुन् यिनीहरूले ?बाढी पहिरोको विरुद्धमा जनतालाई राहत पुर्‍याउन त्यो मोर्चाखोल्या हो ?’

विगत २०६२/०६३ को जनआन्दोलनका बेला काँग्रेस,एमाले र भूमिगत माओवादीलाई समेत एक ठाउँमा ल्याएर मोर्चा बनाउन भूमिका खेलेका वामपन्थी नेताअमिकशेरचनचाहिँ काँग्रेस रकम्युनिस्टहरुको गठबन्धन अहिलेको आवश्यकता भएको बताउँछन् । उनी भन्छन्, ‘गठबन्धन अहिलेको आवश्यकता हो,माग हो । लोकतन्त्र,गणतन्त्र,सङ्घीयता र धर्मनिरपेक्षता,समावेशी,समानुपातिक लगायत खतरामा पार्ने ओलीको योजना छ । ओलीजी ज्ञानेन्द्र पथमै जानुभएको छ । उहाँज्ञानेन्द्रपथ भन्दा फरक हुनुहुन्न । व्यवहारले देखाइसक्यो,प्रस्ट भइसक्यो ।’

अहिलेको विपक्षी गठबन्धनमा सीपी मैनाली,नेमकिपा,विप्लव र वैद्यहरूलाई ल्याउनुपर्ने शेरचन बताउँछन् । ७९ वर्षीय शेरचन आफू अझै सडकमा आउन तयार रहेको बताउँछन् ।

प्रकाशित मिति: : 2021-07-04 11:39:00

प्रतिकृया दिनुहोस्