प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मावधकुमार नेपालसँग छलफल गर्न कोटेवश्वर पुगेका छन्।
आइतबार विहान नेता विष्णु पौडेल र सुवास नेम्वाङसहितका नेताहरू वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्। उनीहरूबीच छलफल जारी रहेको एक नेताले जानकारी गराएका छन्।
प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता गराउन ओली पक्षका नेताहरू कोटेश्वर पुगेको स्रोतले जनाएको छ।
‘पार्टी एकताको प्रयास भइरहेका बेला प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता गराउने प्रयासको लागि छलफल जारी छ।’ ति नेताले भने।
शनिबार दुई पक्षका ६ जना नेताहरुबीच ललितपुकाे एक हाेटलमा वार्ता भएको थियो। सो वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्व शर्त बनाउने सहमति भएको थियो। साेही भेटकाे कुरा राख्न नेता पाैडेल,नेम्वाङ लगायतका नेता बालुवाटर पुगेका थिए। त्यसकाे भाेलिपल्ट आज नेताहरू माधव नेपाल निवास पुगेका हुन्।