कोरोना त्रासः थाइल्याण्डमा हिँड्डुल गर्न प्रतिबन्ध

GETTY IMAGES

थाइल्याण्डले नागरिकहरूको यात्रामा प्रतिबन्ध लगाएको छ।

कोरोना संक्रमितको संख्या बढेसँगै सार्वजनिक जमघट नगर्न सरकारले अपील गरेको हो।

राजधानी बैंककसहित अन्य ९ प्रान्तमा आइतबारदेखि बन्दाबन्दी लागू गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बैंककका होटल तथा रेस्टुरेन्ट केही साताको लागि पूर्णरुपमा बन्द गरिएको छ। यसअघि रेस्टुरेन्ट पुगी २० जनाले सामूहिक भोजन गर्न पाउने नियम रहेपनि आइतबारदेखि रोक लगाइएको छ। 

कोरोना त्रासकाले अन्य ९ प्रान्तका निर्माण स्थल समेत बन्द गरिएको छ। श्रमिकहरूलाई आवास स्थलमा राखी यीक्षेत्र सील गरिएको श्रम मन्त्रालयले जनाएको छ।

बैंककसहित अन्य प्रान्तमा लागू जारी गरिएको प्रतिबन्द ३० दिनसम्म लागू हुनेछ।

थाइल्याण्डमा कोरोना भाइरस संक्रमित दिनहुँ बढिरहेका छन्। शनिबार एकैदिन ३ हजार ९ सय ९५ संक्रमित भेटिएका छन्। त्यस्तै, ४२ जना संक्रमितको मृत्यु भएको बताइएको छ। 

पछिल्लोपल्ट देशभर कोरोनाका बिरामी दुई–गुणाले बढिरहेका छ। कारखाना र निर्माण स्थलमा काम गर्ने प्रवासी श्रमिकहरू कोरोनाबाट सबैभन्दा बढी पीडित छन्।

प्रकाशित मिति: : 2021-07-04 07:50:00

प्रतिकृया दिनुहोस्