बिएल संवाददाता
गनविर बुढा (२१ वर्ष), जो आफूभन्दा बढी माया गर्छन्- गितारलाई।
जिल्लास्तरीय गायन प्रतियाेगिताहरूमा सहभागीता जनाएर उनले विभिन्र पुरस्कारहरू जितेका छन्।
शान्त स्वभाव भएका गनविरले तीन वर्षअघि एउटा 'यूटुब च्यानल' खाेले। त्यसपछि विभिन्न गीतहरूकाे कभर गाएर यूटुबमा राख्न थाले।
नेपाली गीत-संगीत क्षेत्रमा उनी विस्तारै आफ्नो पैतला चालिरहेका छन्। उनलाई चर्चा, सेलिब्रेटी, हल्ला र भाइरलको कुनै माेह छैन। उनी चुपचाप गीत गाउछन् र संगीतमा साधना गरिरहन्छन्।
गनविरको आवाज सुन्दा, लाग्छ कि उनको कण्ठमा इश्वरले नै 'कोइली' राखिदिएका छन्।
रोल्पाको फगाममा जन्मिएका गनविर चर्चित रियालिटी गायन शो 'दी भ्वाइस अफ नेपाल' मा पनि पुगे। तर उनी कार्यक्रमको 'नक आउट' चरणबाटै बाहिरिए।
शोबाट बाहिरिए पनि उनीसँग कुनै दुखेसाे छैन। बरू उनी आफूले धेरै कुराहरु सिकेको बताउँछन्। 'अब रियालिटी शाेमा जादिनँ हाेला, भ्वाइस अफ नेपालबाट धेरै कुराहरु सिकेँ', उनले भ्वाइस अफ नेपालकाे ह्याङ ओभरमै बताए, 'धेरै ट्यालेन्टहरूसँग साक्षात्कार गर्न पाइयाे, त्यही नै ठूलाे उपलब्धी हाे।'
त्यसो त उनी आफ्नै शब्दमा नयाँ गीतको लागि तयारी गर्दैछन्।
नेपाली गीत-संगीतमा हस्तक्षेप तरिकाले उदाइरहेका युवा गायक गनविर बुढासँग कमल प्रभात विकले गरेको विस्तृत कुराकानी भिडियाेमा हेर्न सकिन्छ:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया