​गिरिजाबाबुसँगको पहिलो भेट, संक्रमणकालको भित्रीकथा

रातोपाटी

काठमाडाैं

हामीले जनयुद्ध सुरु गरेको ५ बर्ष नपुग्दै सबै राजनीतिक नेताहरुसँग वार्ता र संवादको प्रकृया सुरु गरेका थियौं । स्वभावैले पहिलो कुराकानी कम्युनिष्ट नेताहरुसँग नै हुने परिवेश थियो र त्यहीअनुसार नै हामीले कुरा ग-यौं । चाहे त्यो सिलगुडीमा होस् चाहे लखनउमा होस् । चाहे पटनामा होस्, चाहे देशभित्रै होस् । हाम्रो त्यतिबेलाको एउटै कुरा हुन्थ्यो, यदि युद्धलाई शान्तिमा बदल्ने हो भने संविधान सभाको निर्वाचन हुनुप¥यो । देशलाई गणतन्त्रसम्म लैजाने प्रतिवद्धतामा हामी सबै एक ठाउँमा उभिन प-यो ।

हामीले सुरु गरेको आन्दोलनका विरुद्ध सेना परिचालन गर्ने कि नगर्ने भन्ने एउटा निकै ठूलो बहस भएको थियो । सरकारका तर्फबाट र राजा वीरेन्द्रका तर्फबाट आउने अभिव्यक्तिहरु फरक–फरक आएको हामीले देख्थ्यौं । कहीँ न कहीँ राजा वीरेन्द्रले नेपाली नेपालीका विरुद्ध सेना परिचालन गरिहाल्न हुँदैन भन्नेखालको भावना राखेको हामीले संकेत पायौं । त्यसपछि काठमाडौंमा काम गर्ने हाम्रा केन्द्रीय सदस्यहरुमार्फत हामीले (राजासँग) सम्पर्क बनाउने कोशिस ग-यौं । त्यो सम्पर्क सुत्र मुख्यतः धीरेन्द्रमार्फत भयो ।  धीरेन्द्रसँग पटक–पटक हाम्रा केन्द्रीय सदस्यहरुको कुरा भएको र धीरेन्द्रले वीरेन्द्रसँग कुरा गरेर वीरेन्द्रको कुरा हामीसम्म ल्याइपु-याउने काम तिनै केन्द्रीय सदस्यमार्फत भएको थियो ।

एउटा बिन्दुमा वीरेन्द्रले मलाई पनि भेट्न चाहेको कुराको सूचना मलाई प्राप्त भएपछि कसरी भेट्ने, काठमाडौंमा भेट्न कति सजिलो हुन्छ ? या बाहिर कसरी भेट्ने भन्नेबारेमा चर्चा हुँदै नै थियो । वीरेन्द्रसँग सिधैँ हाम्रो कुरा भएको होइन । हाम्रा अन्य केन्द्रीय सदस्यमार्फत धीरेन्द्र हुँदै वीरेन्द्रसम्म अप्रत्यक्ष कुराकानी भएकै थियो । त्यतिबेला यहाँको जिम्मा हाम्रो कृष्णध्वज खड्कालाई थियो । कृष्णध्वज खड्कामार्फत नै हाम्रो कुराकानी चलेको थियो । तर, दरबार हत्याकाण्ड भयो ।

प्रकाशित मिति: : 2021-07-03 15:27:00

प्रतिकृया दिनुहोस्