काेराेना महामारीः विश्वभरमा सबैभन्दा बढी मानसिक तनाब विद्यार्थी वर्गलाई

Photo : research.com
Photo : research.com

कोभिड-१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ।

कोभिड-१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र बिश्मयकारी बनेको हालसालै ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’मा प्रकाशित रिपोर्टमा उल्लेख छ।

'स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव गरेको सबैभन्दा असामान्य मृत्यु र मृत्युको क्षति तथा शोक प्रतिक्रियाहरू पहिचान गर्नका लागि यस अध्ययनको उद्देश्य रहेको सेन्ट जुड चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्चका सामाजिक  कार्यका निर्देशक लेखक एरिका एच. सिरिनले बताए।

एरिकाले थपे, 'हाम्रो अध्ययनका क्रममा परिवारमा कोभिडका कारण मृत्युको अनुभव नगरेका विद्यार्थीले विद्यालयस्तरका विद्यार्थीको तुलनामा अत्यधिक पीडाबोध गरेको प्रतिक्रियाहरू दिएका छन्।'

प्रकाशित मिति: : 2021-07-02 22:12:00

प्रतिकृया दिनुहोस्