राज्यको आँखामा बिझाएको एउटा पेन्टिङ (भिडिओ)

नेपाल खबर

काठमाडौं

कोरोना संक्रमण भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत हजुरआमालाई भेटेर फर्किंदै गर्दा दुजाङ शेर्पाको आँखा रत्नपार्कको आकासे पुलमुनि भित्तामा पुगेर अडियो। संगसंगै संक्रमणका बेला अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा केही गरौँ भन्ने उनको हुटहुटी पनि जाग्यो।

खाली भित्तामा रङ र रङहरुमा जीवन भर्ने पुरानो योजना पुरा गर्ने अभियानको सुरुवात दुजाङले त्यहीँबाट गरे। यो गत जेठ दोस्रो साताको कुरा हो। ‘महामारीका कारण हामी घर बस्यौँ।

तर हाम्रा लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, स्वयंसेवी जस्ता फ्रन्टलाइनर ज्यानको परवाह नगरी खटिइरहेका थिए,’ ३० वर्षे दुजाङ आफ्नो योजनाबारे सुनाउँदै थिए, ‘केही स्थानमा उहाँहरुमाथि हातपात भएको, गालीगलौज भएका नकरात्मक समाचार आइरहेका थिए। यस्ता कुराले पनि उहाँहरुको मनोबल कसरी बढाउन सकिन्छ भनेर मैले पहिलेदेखि नै सोच्दै आएको थिएँ।’

प्रकाशित मिति: : 2021-07-02 18:05:00

प्रतिकृया दिनुहोस्