सिँचाइ क्षेत्रको विकासमा कहाँ चुक्यौं हामी?

हिमाल खबर

काठमाडौँ

सरोज कार्की र सुचना आचार्य  

नेपालको कृषिको भविष्य के होला? कृषिप्रधान देशको परिचय नयाँ उचाइमा पुग्ला कि कालान्तरमा कृषि क्षेत्र झन् खुम्चिएला? कृषि केवल बाध्यताको पेशामै सीमित रहला वा युवाहरूको रोजाइको पेशा बन्ला? यी प्रश्नसँग समग्र देश र देशवासीको भविष्य गाँसिएको छ। 

कृषि क्षेत्रको विकास र कृषि उत्पादकत्व वृद्धिका लागि भरपर्दो र दिगो सिँचाइ सुविधाको विस्तार प्रमुख आधारमध्ये एक हो। कृषि र सिँचाइ एक-अर्काका परिपूरक हुन्। दिगो सिँचाइविना कृषि क्षेत्रको विकास सम्भव छैन। कृषि क्षेत्रलाई जीवन्त र चलायमान बनाइराख्न सिँचाइ क्षेत्रको विकासलाई पनि सँगसँगै बढाउन जरुरी हुन्छ। तर, कृषि छोडेर अन्य पेशातर्फ आकर्षण, गाउँघरका युवाको विदेश पलायन, बढ्दो विपद्जन्य घटना, किसानले भोगिरहेका समस्या र राज्यको कमजोर नीतिगत र कार्यान्वयन व्यवस्था आदिले कृषि क्षेत्रको विकासमा चुनौती थपिरहेका छन्।

यस लेखमा कृषि क्षेत्रको वर्तमान अवस्था, चुनौती र सिँचाइ क्षेत्रको भूमिकाबारे तथ्यांकसहित चर्चा गरिएको छ।

कृषिको अवस्था 
देशका करीब ६० प्रतिशत किसानलाई आफूले गरेको वार्षिक उत्पादन उपभोगका लागि समेत पुग्दैन। यस्तो निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्नु चुनौतीपूर्ण छ। प्रतिघरधुरी औसत ०.६८ हेक्टर मात्रै जमीनको उपलब्धताले यस स्थितिलाई थप जटिल बनाएको छ। 

हाम्रो मुलुकको अर्थतन्त्रमा एकातिर कृषिको योगदान निरन्तर घटिरहेको छ (ग्राफ १) भने अर्कातर्फ कृषिजन्य वस्तुको आयात बढ्दो छ (हेर्नुस् ग्राफ २)। गत आर्थिक वर्षमा मात्रै करीब रू.२.५ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको थियो, जुन पाँच वर्षअघिको तुलनामा ६२ प्रतिशतले बढी हो। कुल खपतको करीब ८० प्रतिशत खाद्यवस्तु आयात भइरहेको छ। 
 

प्रकाशित मिति: : 2021-07-02 12:13:00

प्रतिकृया दिनुहोस्