यूएईले आफ्ना नागरिकलाई नेपाल यात्रामा लगायो प्रतिबन्ध

Photo -  GETTY IMAGES
Photo - GETTY IMAGES

संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना नागरिकलाई नेपाल सहित १३ देशकाे यात्रामा प्रतिबन्ध लगाएको छ।

कोरोना महामारीलाई ध्यानमा राख्दै नेपाल, भारत, बंग्लादेश, श्रीलंका, भियतनामसहित १३ देशको यात्रामा आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको हो।

कोरोना महामारी नियन्त्रण गर्न यात्रा सिजनको सुरुवाती चरणमै सबै सतर्कता अपनाउनुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यूएईले अघिल्लो महिना अन्य १३ देशको यात्रामा प्रतिबन्ध लगाएको थियो। महामारीलाई ध्यानमा राख्दै नेपालसहित १३ देशको यात्रा नगर्न आग्रह गरेको यूएईको सामान्य नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना नियमको पालना गर्न अनुरोध गर्दै नेपालसहित १३ देशको यात्रामा रोक लगाएको छ।


साउदी अरबका दुई महिला अधिकारकर्मी जेलबाट रिहा

प्रकाशित मिति: : 2021-07-02 11:42:00

प्रतिकृया दिनुहोस्