साउदी अरबका दुई महिला अधिकारकर्मी जेलबाट रिहा, जेलभित्र चरम यातना पाएको खुलासा

Photo- Reuters
Photo- Reuters

साउदी अरबका दुई जना महिला अधिकारकर्मी जेलबाट रिहा भएका छन्।

राजकुमार मोहम्मद बिन सलमानले तीन वर्षअघि स्वतन्त्रताका लागि शान्तिपूर्ण वकालत गर्ने दुई महिलालाई कारवाहीस्वरुप जेल हालेका ती अधिकारकर्मी महिला जेलमा चरम याचना भोगेर मुक्त भएका हुन्।  

मानवअधिकारवादी समूहले दुई महिला अधिकारकर्मी रिहा भएको जनकारी दिएको छ। जेलमा रहेका दुई जना अधिकारकर्मी महिलाहरु समर बदावी र नसीमा अल–सदा–कोलाई शनिबार राति रिहा गरिएको अरबको स्वतन्त्रतालाई नजिकबाट नियाल्ने लण्डन ‘एएलक्यूएसटी’ नामक अधिकारवादी समूहले जनाएको छ।

सन् २०१८ मा हिरासत पुगेका सबै अधिकारकर्मी जेलबाट रिहा भएको जनाइएको छ तर अर्की एक जना महिला अधिकारकर्मी माया अल जहरानीको रिहाईबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी दिइएको छैन। 

‘ह्युमन राइट्स वाच’ले पनि उनीहरूको रिहाइको पुष्टि गरेको छ। बदावी र नसीमालाई साउदी सरकारले पाँच वर्षको कारावासको सजाय सुनाएको थियो तर उनीहरूको दुई वर्ष सजाय माफी दिइएको छ। उनीहरूले साउदी अरबको पुरुषवादी कानूनको खुलेर आलोचना गरेका थिए। साउदी अरबमा महिलालाई गाडी चलाउने अधिकारसमेत दिनुपर्ने मागको वकालत गरेकी थिइन्।

ती दुई जना अधिकारकर्मी महिलालाई सशर्त रिहा गरिए पनि पाँच वर्षसम्म विदेश यात्रामा रोक लगाइएको छ। उनीहरूमाथि सञ्चारमाध्यमसँग कुराकानी र अनलाइनमा पोस्ट गर्नसमेत प्रतिबन्ध छ। 

सोधखोजका क्रममा कतिपय जेलभित्रै आफूहरूलाई चरम यातना दिएको एक दर्जनभन्दा बढी महिलाले साउदी अदालतमा गुनासो गरेका थिए।

सरकारी अधिकारीबाटै बलात्कार तथा हत्या गर्नेसम्मको धम्की निरन्तर आफूहरूले पाएको महिला अधिकारकर्मीले बताएकी छन्। तीमध्ये एक महिलाले यातना सहन नसकेर जेलमै आत्महत्या समेत गरेकी थिइन्।

प्रकाशित मिति: : 2021-06-28 17:37:00

प्रतिकृया दिनुहोस्