पूर्वअमेरिकी रक्षामन्त्री रम्सफेल्डको मृत्यु, इराक युद्धको समय निभाएका थिए महत्त्वपूर्ण भूमिका

अमेरिकी पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको मृत्यु भएको भएको छ।

पूर्व रक्षा मन्त्री रम्सफेल्ड को ८८ बर्षको उमेरमा मङ्गलबार मल्टीपल मायलोमा (एक प्रकारको क्यान्सर)को कारण मृत्यु भएको उनका प्रवक्ता किथ अर्बन ले बताएका छन्।

रम्सफेल्ड राष्ट्रपति जेराल्ड फोर्ड र जर्ज डब्ल्यू बुसको (जुनियर) को कार्यकालमा रक्षा मन्त्री थिए। उनी इराक युद्धका मुख्य रणनीतिकार मध्येका एक हुन्।

सन् १९७० को समयमा अमेरिकाको सित युद्ध रणनीतिको अध्यक्षता गर्दै विश्व आतंकवाद विरूद्ध अफगानिस्थान र इराक युद्धताका विशेष भूमिका निर्बाह गरेका रम्सफेल्डलाई अमेरिका–भियतनाम युद्धको समयमा रक्षा मन्त्री रहेका रबर्ट म्याकनमारापछिको सबैभन्दा शक्तिशाली रक्षा मन्त्री मानिन्छ।

पूर्व उपराष्ट्रपति डिक चेनीका कट्टर सहयोगी रम्सफेल्डको जन्म सन् १९३२ जुलाई ९ मा इलिनोयसको सिकागो भएको थियो। उनकाे मृत्यु गत जुन २९ का दिन न्यू मेक्सिकोको ताओस स्थित आफ्नै घरमा भएको बताइएकाे छ।

प्रकाशित मिति: : 2021-07-02 05:53:00

प्रतिकृया दिनुहोस्