पाँचवटा महानगरका बजेटमा स्वास्थ्यलाई कति प्राथमिकता ?

बाह्रखरी

काठमाडौँ

 अस्मिता रिजाल

मुलुकभरका छवटा महानगरपालिकामध्ये पाँचवटाले अर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट प्रस्तुत गरिसकेका छन् । ६ वटामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट पेस गरेको छ । काठमाडौं महानगरले १८ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने ललितपुर महानगरले पाँच अर्ब ५५ करोड, भरतपुर महानगरले चार अर्ब ८१ करोड, पोखरा महानगरले ६ अर्ब २८ करोड, वीरगञ्ज महानगरले तीन अर्ब ५५ करोड र विराटनगर महानगरले चार अर्ब १० करोड रुपैयाँको बजेट पेस गरेका छन् । यो आर्थिक वर्षका लागि कोभिड महामारीसमेतलाई ध्यानमा राख्दै अधिकांश महानगरले स्वास्थ्य क्षेत्रको बजेटलाई प्राथमिकता दिएका छन् ।

काठमाडौं महानगरपालिकामा स्वास्थ्य बिमालाई प्राथमिकता

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट पेस गरेको छ । महानगरले कोभिड नियन्त्रण रोकथामसँगै स्वास्थ्य बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । 

नवौँ नगरसभामा उप काठमाडौं महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रस्तुत गरेको बजेट आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा ५० प्रतिशत विमा शुल्क व्यहोर्न बजेट विनियोजन गरिएको उल्लेख छ । 

यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट महानगरले बजेट विनियोजन गरेको छ । मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुबिधा लगायतका विषयलाई बजेटले प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति: : 2021-07-01 15:28:00

प्रतिकृया दिनुहोस्