६९ वर्षअघि बेइजिङ पुगेर जसले नेपाल–चीन कम्युनिस्ट नाता जोडे

नेपाल खबर

सीताराम बराल

 

नेपाल प्रजा परिषदका नेता टंकप्रसाद आचार्य भर्खरै (१३ माघ २०१२–११ साउन २०१३) प्रधानमन्त्री बनेका थिए। उनको निवास काठमाडौँको नक्साल भगवती बहालबाट ज्ञानेश्वर जाने सडकको आडैमा थियो।

प्रधानमन्त्री बनेको केही दिनपछि एक सहयोगीले झिसमिसेमै एक अग्ला, गोरा युवकलाई प्रधानमन्त्री निवासपछिल्तिरको गेटबाट सीधै आचार्यको बेडरुमसम्म पुर्‍याए।

ती युवक प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गौरीभक्त प्रधान थिए। आफ्नै बेडरुममा आइपुगेका प्रधानसँग आचार्यले सोधे, ‘गौरी भाइ, चीनबाट कहिले आइपुग्यौ?’

भूमिगत रूपमा चीन पुगेर फर्केको कुरा प्रधानमन्त्री आचार्यले कसरी थाहा पाए होलान् भन्ने कुराले उनलाई आश्चर्यमा पार्‍यो।

गौरीभक्तले जवाफ दिए, ‘प्रधानमन्त्रीको हैसियतमा सोध्नुभएको हो भने म चीन गएको छैन। दाजुभाइका नाताले सोध्नुभएको हो भने चीनबाट म भर्खरै फर्केको हुँ।’

नेपाल–चीनबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध १ अगस्ट १९५५ (१७ साउन २०१२) मा स्थापना भएको थियो। तर त्यसभन्दा ३ वर्षअघि २००९ मा प्रधान नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सम्बन्ध स्थापनाका लागि पेकिङ (बेइजिङ) पुगिसकेका थिए।

प्रकाशित मिति: : 2021-07-01 09:57:00

प्रतिकृया दिनुहोस्